Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अजिरकोट गाउँपालिकामा आयोजनाभन्दा अन्यत्र गिटी वालुवा विक्री वितरण गरेको भन्दै स्थानीयबाट कारवाही माग

अजिरकोट गाउँपालिकामा आयोजनाभन्दा अन्यत्र गिटी वालुवा विक्री वितरण गरेको भन्दै स्थानीयबाट कारवाही माग

जोईन खबर

१९, मंसिर २०८१
  • 595
    SHARES
  • अजिरकोट गाउँपालिकामा आयोजनाभन्दा अन्यत्र गिटी वालुवा विक्री वितरण गरेको भन्दै स्थानीयबाट कारवाही माग

    १९ मंसिर काठमाडौँ । गोरखा अजिरकोट गाउँपालिका वडा न ४ ढोडेनीमा सिम्जुङ–घ्याच्चोक सडक निमार्णको लागि स्थापन गरिएको क्रसर उद्योगले नियम विपरीत आयोजनाभन्दा अन्यत्र गिटी वालुवा विक्री वितरण गरेको भन्दै स्थानीयले कारवाहीको माग गरेका छन्

    images

    उनीहरुले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा निवेदन बुझाउँदै  नियम विपरित काम गर्ने उक्त क्रसरलाई कानूनी कारवाही गर्न माग गरेका हुन् । स्थानीय मनबहादुर तामाङका अनुसार आयोजना स्थलमा हुनुपर्ने क्रसर दश किलोमिटर पर राखिएको छ ।

    images
    images
    images

    अर्काे आयोजनाको नाममा खोलिएको क्रसरले धमाधम अन्यत्र गिटी वालुवा बिक्री वितरण गरिरहेका छ, जुन नियम विपरीत भएको बताए ।  बारपाकमा निर्माणाधीन हाइड्रो, सौरपानी र मुच्चोकमा संचालित योजनाहरुका लागि उक्त क्रसरले गिटी वालुवा बिक्री वितरण गरिरहेको छ ।

    बस्तीमै जोडेर क्रसर राखेकाले स्थानीयको जनजीवन समेत प्रभावित बनेको उनीहरुको गुनासो छ ।विद्यालय पनि नजिकै रहेकाले क्रसरका कारण पठनपाठन प्रभावित हुदैँ आएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले यसबारे आवश्यक छानविन गरिने बताए ।

    प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - १२:१३:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको