१९ मसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगएनपिएलको बुधवारको दोस्रो खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर बलिङ रोजेको छ ।
टियु क्रिकेट मैदानमा भएको खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजेका हुन् ।लिगमा पहिलो खेल खेल्दै गरेको लुम्बिनी जितका साथ प्रतियोगिता सुरुवात गर्न चाहान्छ ।
मंगलवार सुदूरपश्चिम रोयल्ससँग खेलेको टिमलाई नै विराटनगर किंग्सले लुम्बिनीसँगको खेलमा निरन्तरता दिएको छ ।