१९ मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई जितका लागि १९२ रनको लक्ष्य दिएको छ ।
किर्तिपुर टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन जोडेको छ । लुम्बिनीका कप्तान रोहित पोडेलले सर्वाधिक ४६ रन, टोम मुर्सले ३० रन,आशुतोष घिरैयाले १५ रन अर्जुन साउदले १७ रन बनाएर आउट भएका थिए ।
सन्दीप जोराले १३ बलमा १२ तथा साद विन जाफरले १५ रन,विवेक यादवले १९ रनमा नट आउट रहे । विराटनगरका लागि इस्मात आलम, कप्तान सन्दीप लामिछाने र राजेश पुलामी मगरले समान १ विकेट लिए । विराटनगरले लुम्बिनीका ४ खेलाडीलाई रन आउट गरेको थियो ।