१९ मंसिर काठमाडौँ । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने समर्थक र प्रहरीबिच झडप भएको छ ।
रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबिच झडप भएको हो । झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।चितवनको चौविसकोटीबाट प्रदर्शन गर्दै अघि बढेको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले रोक्न खोजेको थियो ।
प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास समेत प्रहार गरेको छ । चितवनमा सहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रविलाई चितवन लगिए संगै उनीहरुले रिहा गर भन्दै प्रर्शन गरेका थिए ।