२० मंसिर काठमाडौँ । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवन पछि बयान सकिए संगै पोखरा लगिएको छ । चितवन जिल्ला सरकारी वकील कार्यालयले मंगलबार र बुधबार दुई दिन लामिछानेको बयान लिएको थियो।
पहिलो दिन पाँच घण्टा र दोस्रो दिन १० घण्टा बयान लिइएको थियो। दुई दिनमा लामिछानेलाई ७५ वटा प्रश्न गरेर बयान लिइएको थियो।
लामिछाने विरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते उनी सहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।चितवनमा बयान सकिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनकै हिरासतमा राखिने भनिए पनि राति नै उनलाई पोखरा पुर्याइएको छ।