Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एनपिएलमा आजको खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई जितको लागि १३९ रनको लक्ष्य दियो

एनपिएलमा आजको खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई जितको लागि १३९ रनको लक्ष्य दियो

जोईन खबर

२०, मंसिर २०८१
  • 652
    SHARES
  • एनपिएलमा आजको खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई जितको लागि १३९ रनको लक्ष्य दियो

    २० मंसिर काठमडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग९एनपिएल० मा आज बिहान भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई जितको लागि १३९ रनको लक्ष्य दिएको छ । किर्तिपुर टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन मात्र जोडेको हो ।

    images

    पोखराका लागि म्याट क्रिचलेले  ३५ रन,ओपनर आन्द्रस गौसले २० रन,माइकल लिस्कले २५ रन,राइमन राइफरले १७ रन जोडेका थिए । त्यसै गरि दिनेशले १० रन जोडेर आउट भए । कप्तान कुशल भुर्तेलले ६ रन जोडेर  ललित राजवंशीको बलमा विकेटकिपर लाहिरु मिलन्थाबाट आउट भएका हुन् ।

    images
    images
    images

    लास्ट ओभरमा दिलिप नाथ ११ रन जोड्दै आउट भएका थिए ।  जनकपुरका लागि ललित राजवंशीले ३, जिमी निशमले २ तथा मोहम्मद मोहसिन र किशोर महतोले समान १ विकेट लिए । आजै हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।

        

    प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - १०:५८:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको