Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अजिरकोटमा आधारभुत तहको पाठ्यपुस्तकमा माओवादी जनयुद्धसम्बन्धी पाठ्यसामग्री समावेश सुरु गरिदै

अजिरकोटमा आधारभुत तहको पाठ्यपुस्तकमा माओवादी जनयुद्धसम्बन्धी पाठ्यसामग्री समावेश सुरु गरिदै

जोईन खबर

२०, मंसिर २०८१
  • 1.2K
    SHARES
  • अजिरकोटमा आधारभुत तहको पाठ्यपुस्तकमा माओवादी जनयुद्धसम्बन्धी पाठ्यसामग्री समावेश सुरु गरिदै

    २० मंसिर काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिकाले यो बर्ष देखि लागु हुने गरि नयाँ बिषयमा आधारभूत तहको पाठ्यपुस्तकमा माओवादी जनयुद्धसम्बन्धी पाठ्यसामग्री समावेश सुरु गरिएको छ । यस पालिकाले समावेश गरेको बिषयमा २०५२ सालदेखि नेकपा माओवादी केन्द्रले सुरु गरेको सशस्त्र विद्रोहबारे पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने बहस भइरहँदा अजिरकोट गाउँपालिकाले जनयुद्धसम्बन्धी सामाग्री आधारभूत तहको पाठ्यपुस्तकमा समावेश गर्न सुरु गरेको हो ।

    images

    स्थानीय सरकार सञ्चालन मापदण्ड अन्तर्गत नै रहेर स्थानीय पाठ्यक्रम बनाएको अजिरकोट गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनु भयो ।  उनले कक्षा ५ को अजिरकोट सेरोफेरो पाठ्यपुस्तकको सामाजिक चेतना शीर्षमा माओवादी जनयुद्धसम्बन्धी सामाग्री राखिएको  बताउनु भयो ।पाँच कक्षाको पाठ्यपुस्तक अजिरकोट सेरोफेरोको सामाजिक चेतना शीर्षकमा गणतन्त्र स्थापनामा निर्णायक भूमिका खेलेको माओवादी जनयुद्धबारे अहिलेका पुस्तालाई जानकारी गराउदै पाठ्यपुस्तक समेत तयार गरेर सुरु गरिएको हो ।

    images
    images
    images

    स्थानीय पाठ्यक्रम भनेको कला, संस्कृति, भेसभुसा, रहनसहनबारेमा ज्ञान दिलाउने कुरा भएकाले पछिल्लो सन्दर्भमा परिवर्तनको बारेमा २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन, २०६२र६३ सालको जनआन्दोलनको साथसाथै गणतन्त्र स्थापना गर्न  निर्णायक भूमिका खेलेको जनयुद्धबारेमा अहिलेका पुस्तालाई अवगत गराउनु स्थानीय पालिकाको कर्तव्  भएको उहाँको भनाई छ ।

    २००७, २०४६, २०६२र६३ को जनआन्दोलनबारे छलफल हुने तर नेपालमा गणतन्त्र प्राप्तिका लागि निर्णायक भूमिका खेलेको माओवादी जनयुद्धबारे आम नयाँ पुस्तालाई थाहा नहुने भइसकेपछि चेतना दिने उद्देश्यका साथ यो पाठ्यक्रम तयार गरिएको हो ।  संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि कक्षा १ देखि १० सम्मको अध्ययन अध्यापन गराउने जिम्मा स्थानीय तहलाई दिइएको छ ।   

    प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - ११:१९:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको