२० मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पोखरा एभेन्जर्सलाई हराउँदै जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेएको छ । आजको पहिलो खेलमा जनकपुरले पोखरालाई ७ विकेटको जित हात पार्यो ।
१ सय ३९ रनको मध्यम लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।लगातार तीन खेलमा ६ अंकका साथ जनकपुर लिगको शीर्ष स्थानमा छ ।
जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो ।पोखराको भने यो लगातार दोस्रो हार हो ।
पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । आजै हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।