२० मंसिर काठमाडौँ । नेकपा माओवादी केन्द्रको निकट संगठन अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन यही मंसिर २३ र २४ गते हुने तयारी भए पनि फेरी स्थगित गर्ने निर्णय गरिएको छ ।
आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो । यसबारेमा निर्णय लिन मंसिर २७ गते स्थायी समिति बैठक बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
उमेरहद र निर्वाचन प्रक्रिया सम्बन्धमा स्थायी समितिले मोडिलाटी बनाएर तिथि मितिबारे निर्णय गर्ने पौडेलले बताए । विद्यार्थीको सम्मेलनको विषयमा आज कुनै निर्णय भएन । त्यसका लागि २७ गते स्थायी समिति बैठक बोलाउने निर्णय भएको छ ।
यसअघि असोज १०–१५ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको सम्मेलनमा उमेर हदको विवाद चर्किँदा स्थगित भएको थियो ।