Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लालीगुराँस र नर्थ भ्यालीको विजयी सुरुआत

लालीगुराँस र नर्थ भ्यालीको विजयी सुरुआत

जोईन खबर

२०, मंसिर २०८१
  • 667
    SHARES
  • लालीगुराँस र नर्थ भ्यालीको विजयी सुरुआत

    २० मंसिर काठमाडौँ । लालीगुराँस नेसनल एकेडेमी र नर्थ भ्यालीले तेश्रो मेयर रनिङ शिल्ड खेलकुदअन्तर्गत जुनियर छात्र बास्केटबलमा  विजयी सुरुआत गरेका छन् ।मनमैजुस्थित घरेलु कोर्टमा लालीगुराँसले बालकुञ्जलाई २४–११ ले पराजित ग¥यो ।

    images

    लालीगुराँसको जितमा प्रजेश महर्जनले १० अंक, डेविड खड्काको ६ अंक सहयोगमा नर्थ भ्यालीले तेजस्वीलाई १४–१० ले हराएको हो ।

    images
    images
    images

    छात्र बास्केटबलमै कौशलले मेघा पब्लिकलाई २०–९, जीवन ज्योतिले एन्जल्सलाई १८–१२, रोजमेरीले गुरुकुललाई ३०–२२ र मानसिंह धर्मले गिनिज पब्लिकलाई १६–१४ ले पाखा लगाए । कौशलका अन्शु खत्रीले ५, जीवन ज्योतिका अमोह कार्कीले ७, रोजमेरीका दियोन भण्डारीले १८ र मानसिंहका आधित्य तामाङले ६ स्कोर गरे ।

    छात्रामा प्रारम्भ वल्र्ड स्कुलले जिनियसलाई २२–१२, पद्मचक्रले रोजमेरीलाई १६–११, जीवन ज्योतिले कौशललाई १९–१३ र तेजस्वीले नर्थ भ्यालीलाई २३–१२ ले पन्छाए । प्रारम्भकी लोसाङ गोम्बाले ८, पद्मचक्रकी अस्मिता ढकालले ६, जीवन ज्योतिकी श्रृष्टिलले ६ र तेजस्वीकी एस्थर बरुवालले ९ अंक बटुले । नकआउट बास्केटबलको जुनियर छात्रमा १८ तथा छात्रामा १४ टिम सहभागी छन् ।

    प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - १४:०३:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको