२० मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई जितको लागि १६८ रनको लक्ष्य दियो । किर्तिपुर टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ब्रेन्डन मक्मेलनले ५३ रन,मक्मेलन र विनोद भन्डारीले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे । दिपेन्द्रसिंह ऐरीले ४३ रन,ओपनरको भुमीकामा आएका सेफ जैबले ११ रन जोडे । ओपनर जैब ११ रन बनाउँदै राशिद खानको बलमा बोल्ड आउट भए ।
रोहन मुस्ताफले ४ रन ,आरिफ शेख ३ रन बनाउँदै रन आउट भए ।सुदूरपश्चिमले निरन्तर विकेट गुमाउँदा विशाल योगफल बनाउँन असफल भयो । काठमाडौंका लागि राशिद खानले २ तथा करण केसी, जेहार्ड एरास्मस र साहब आलमले समान १ विकेट लिए ।आजै भएको पहिलो खेलमा पोखरा एभेनजर्सलाई ७ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हासिल गरेको थियो ।