२० मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएल मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई हराउँदै जित आफनो पक्षमा पारेको छ । बिहीवारको दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । १ सय ६८ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौंले १५.५ ओभरमा अल आउट हुँदै ९४ रन मात्र जोड्न सकेको थियो ।
काठमाडौंका लागि स्टेफन स्किनाजीले ३७ रन,सुमित महर्जनले १४ रन जोड्दै अभिनास बोहोराको बलमा नरेन साउदबाट क्याच आउट भए ।भीम सार्की ८ बलमा १० रन बनाउँदै रन आउट भए । जेहार्ड एरास्मसले १० रन बनाउका हुन् ।सुदूरपश्चिमका लागि नरेनले ४ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए ।
अभिनास बोहोराले २ तथा ब्रन्डन म्याकमुलन र सेफ जैबले समान १ विकेट लिए ।त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन जोडेको थियो ।
सुदूरपश्चिमका लागि ब्रेन्डन मक्मेलनले सर्वाधिक ५३ रन जोडे ।ओपनर जैब ११ रन बनाउँदै राशिद खानको बलमा बोल्ड आउट भए ।रोहन मुस्ताफले ७ बलमा ४ रन जोडे । मुस्ताफा राशिद खानको बलमा बोल्ड आउट भए । काठमाडौंका लागि राशिद खानले २ तथा करण केसी, जेहार्ड एरास्मस र साहब आलमले समान १ विकेट लिए ।
सुदूरपश्चिम लगातार दोस्रो जितका साथ दोस्रो स्थानमा पुगेको छ । आजै भएको पहिलो खेलमा पोखरा एभेनजर्सलाई ७ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हासिल गरेको थियो ।एनपिएलमा शुक्रवारको पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज तथा दोस्रो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।