Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मातृभूमि बास्केटबल सोमबारदेखि

मातृभूमि बास्केटबल सोमबारदेखि

जोईन खबर

२१, मंसिर २०८१
  • 721
    SHARES
  • मातृभूमि बास्केटबल सोमबारदेखि

    २१ मंसिर काठमाडौँ । मातृभूमि स्कुलको आयोजनामा मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।प्रतियोगितामा ३ विधामा जम्मा २५ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा मातृभूमिका अंक गणित र विज्ञानका को–ओर्डिनेटर जयराम अधिकारीले जानकारी गराए ।

    images

    सिनियर ब्वाइज र गल्र्समा समान ७–७ तथा जुनियर ब्वाइजमा ११ गरी २५ टिमको सहभागिता रहने छ । सिनियर टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

    images
    images
    images

    जुनियर ब्वाइजलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट पद्धतिमा खेल खेलाइने छ । समूहको शीर्ष २ टोली क्वाटरफाइनलमा पुग्ने छन् ।

    युवा खेलाडीलाई उनीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । दसदिने प्रतियोगिताका खेलहरु सानोथिमीस्थित आयोजककै कोर्टमा खेलाइने छ ।

    प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - ११:३६:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको