Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१२ औं किन्डर ओलम्पिकको तयारी

१२ औं किन्डर ओलम्पिकको तयारी

जोईन खबर

२१, मंसिर २०८१
  • 598
    SHARES
  • १२ औं  किन्डर ओलम्पिकको तयारी

    २१ मंसिर काठमाडौँ । अर्ली चाइल्डहुड एजुकेशन टिचर्स एसोसिएसन (इसीइटीए) को आयोजनामा १२ औं किन्डर ओलम्पिक शनिबारदेखि हुने भएको छ ।विभिन्न ३८ विद्यालयका ३ देखि ६ वर्षसम्मका १ हजार ८ सय भन्दा बढी बालबालिकाको सहभागितामा हुने कार्यक्रम तीन चरणमा हुने आयोजकका सल्लाहकार केदारमान स्थापितले जनाएका छन् ।

    images

    विभिन्न खेल समावेश गरिने किन्डर ओलम्पिकको पहिलो कार्यक्रम मंसिर २२ गते हुनेछ । दोश्रो पुस १० र तेश्रो माघ २७ गते हुनेछ । तीनै चरणको कार्यक्रम लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ ।सहभागीले तेक्वान्दो, उसु, कराते, जिन्याष्टिकलगायतका खेलको प्रदर्शनी खेल प्रस्तुत गर्ने छन् ।

    images
    images
    images

    जित्नु भन्दा सहभागिता महत्पूर्ण छ’ भन्ने उद्देश्यसाथ आयोजना गरिएको किन्डर ओलम्पिकमा सहभागी सबैलाई पदक प्रदान गरिने छ ।सानै उमेरदेखि विद्यार्थीहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने उदेश्यले किन्डर ओलम्पिकको सुरुआत गरिएको आयोजकले जनाएको छ ।विभिन्न विद्यालयमा कार्यरत शिक्षिकाहरु मिलेर वि सं २०६८ सालमा स्थापना गरिएको इसीइटीए नाफारहित गैर सरकारी संस्था हो । यो संस्थाले मूलतः बालबालिकाहरुको चौतर्फी विकासमा मदत गर्ने क्षेत्रमा काम गर्छ ।

    प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - १२:३८:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको