२१ मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएल मा चितवन राइनोजलाई हराउदै कर्णाली याक्सले पहिलो जित हात पारेको छ ।
किर्तिपुर टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन जोडेको हो । चितवनले दिएको १ सय ३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो ।कर्णालीका लागि ओपनर शिखर धवनले ४६,चाल्डिक वाल्टनले ३० रन,ओपनर देव खनालले २५ रन बनाएर आउट भएका थिए ।
खेलको अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक रहेकोमा कर्णालीका अर्जुन घर्तीले ६ तथा जिशान मक्सुदले ४ रन प्रहार गरेर कर्णालीलाई पहिलो जित दिलाए ।
चितवनका लागि रवि बोपारा, कुशल मल्ल र जान निकोल लफ्टी इटनले समान १ विकेट लिए ।तेस्रो खेलमा पहिलो जित हात पारेको कर्णालीको २ अंक भएको छ । तेस्रो खेलमा चितवनको भने यो पहिलो हार हो । आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीचमा खेल हुदैछ ।