Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय सभाका उपाध्यक्ष घिमिरे नेतृत्वको टोली  मलेसियाबाट  स्वदेश फर्किए

राष्ट्रिय सभाका उपाध्यक्ष घिमिरे नेतृत्वको टोली  मलेसियाबाट  स्वदेश फर्किए

जोईन खबर

२१, मंसिर २०८१
  • 658
    SHARES
  • राष्ट्रिय सभाका उपाध्यक्ष घिमिरे नेतृत्वको टोली  मलेसियाबाट  स्वदेश फर्किए

    २१ मंसिर काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वको टोली मलेसिया  स्वदेश फर्किएका छन् । संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकनका लागि  गएका उनीहरु आज नेपाल फर्किएका हुन् । मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको सात दिने अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरेर संसदीय प्रतिनिधि मण्डल स्वदेश फर्केको हो ।

    images

    संसदीय प्रतिनिधि मण्डलमा राष्ट्रिय उपाध्यक्ष घिमिरे, प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र बागमती प्रदेशका सभामुख भुवनबहादुर पाठक, लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाँड केसी, गण्डकी प्रदेशका उपसभामुख विना कुमारी थापा, कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने, सुदूर पश्चिम प्रदेशका उपसभामुख कोइली देवी चौधरी, संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेय, सहसचिव बविता मिश्र र उपसचिव सुलोचना पंज्ञानी पनि प्रतिनिधि मण्डलमा सहभागी थिए ।अवलोकन भ्रमणका लागि मंसिर १५ गते मलेसिया प्रस्थान गरेको थियो ।

    images
    images
    images

    प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - १४:०६:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको