२१ मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग९एनपिएल खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय ७१ रनको विशाल लक्ष्य दिएको छ ।
किर्तिपुर टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ९५ रन,टम मुर्सले १ सय १० रनको साझेदारी गरे । मुर्सले ४५ रन जोडेर आउट भएका थिए ।
पोखराका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलीले १ विकेट लिए ।लगातार दुई खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा रहेको छ । आज भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गरेको थियो ।