Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल पत्रकार महासङ्घमा दुई दल बिच भागबन्डा गरि मिलाउदै

नेपाल पत्रकार महासङ्घमा दुई दल बिच भागबन्डा गरि मिलाउदै

जोईन खबर

२१, मंसिर २०८१
  • 637
    SHARES
  • नेपाल पत्रकार महासङ्घमा दुई दल बिच भागबन्डा गरि मिलाउदै

    २१ मंसिर काठमाडौँ । नेपाल पत्रकार महासङ्घको नयाँ कार्यसमितिमा दुई समूह बिच भागबन्ड लगाई मिलाएका छन् । आगामी २८ गते हुने महाधिवेशनमा नेतृत्वका लागि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस निकट प्रेस चौतारी र प्रेस युनियनबिच भागबन्डा गरिएको हो ।

    images

    गएराति चौतारी र युनियनका नेताहरूबिच भएको छलफलमा महासङ्घको १३ सदस्यीय पदाधिकारीमा चौतारीका तर्फबाट अध्यक्षसहित ५ पद लिने भएको छ भने युनियनले ८ पदमा उम्मेदवारी दिने भएको छ । त्यसैगरी जिल्ला अध्यक्षमा चौतारीले ३२ र युनियनले ४२ वटा लिने सहमति भएको प्रेस चौतारीका उपाध्यक्ष राजेश राईले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार चौतारीले केन्द्रीय अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ भने बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी दिने सहमति भएको छ । प्रदेशमा कोशी, मधेस, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिने तथा बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिने गरी सहमति भएको छ ।

    प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - १५:४०:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको