Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लुम्बिनी लायन्सलाई जित्न पोखरा एभेन्जर्सले १६.५ ओभरमा पुरा ग¥यो

लुम्बिनी लायन्सलाई जित्न पोखरा एभेन्जर्सले १६.५ ओभरमा पुरा ग¥यो

जोईन खबर

२१, मंसिर २०८१
  • 733
    SHARES
  • लुम्बिनी लायन्सलाई जित्न पोखरा एभेन्जर्सले १६.५ ओभरमा पुरा  ग¥यो

    २१ मंसिर काठमाडोँ ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग९एनपिएल० मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो । लुम्बिनीले दिएको १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछाएको पोखराले १६.५ ओभरमा एक विकेट नगुमाई पुरा गरेको हो ।

    images

    पोखराका लागि ओपनर आन्द्रेस गौसले नट आउट रहँदै सर्वाधिक १ सय ४ रन बनाए । पहिलो विकेटका लागि गौसले दिनेश खरेलसँग मिलेर १ सय ७६ रनको नट आउट साझेदारी गरेका थिए । नेपालको अरु घरेलु क्रिकेट नखेल्ने दिनेशले २०७९ मा भएको नवौं राष्ट्रिय खेलकुदमा गैरआवासिय नेपाली टिमबाट खेलेका थिए ।पोखराले पावर प्लेमा कुनै विकेट नगुमाई ८० रन जोड्दै पावर प्लेमा सर्वाधिक रनको कीर्तिमान समेत बनायो ।

    images
    images
    images

    लुम्बिनीले ७ बलरको प्रयोग गरेपनि कुनै विकेट निकाल्न सकेन । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनाए ।पोखराका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलीले १ विकेट लिए ।लगातार दुई खेलमा पराजित पोखराको यो पहिलो जित हो । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग तथा दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो ।

    प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - १६:२९:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको