Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज केही प्रदेशमा चिसोसहित बर्षा तथा हिमपातको सम्भावना

आज केही प्रदेशमा चिसोसहित बर्षा तथा हिमपातको सम्भावना

जोईन खबर

२२, मंसिर २०८१
  • 712
    SHARES
  • आज केही प्रदेशमा चिसोसहित बर्षा तथा हिमपातको सम्भावना

    २२ मंसिर काठमाडौँ । आज देशभरका केही प्रदेशमा  वर्षा तथा हिमपात हुने सम्भावना छ । पश्चिमी वायुसँगै आउने न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा मौसम बदली भई दुई दिनसम्म वर्षा र हिमपात हुने सम्भावना  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन निकालेर यो जानकारी दिएको हो । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै ठाउँमा तथा बाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी भेगका एकदुई ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

    images
    images
    images

    सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँ तथा गण्डकी प्रदेश, बाग्मती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

    प्रकाशित मिति :मंसिर २२, २०८१ शनिवार - ०८:०९:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको