Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

जोईन खबर

२३, मंसिर २०८१
  • 529
    SHARES
  • आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    २३ मंसिर काठमाडौँ । आज देशभरका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली धेरै ठाउँमा तथा गण्डकी, बाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।मौसम बदली, हल्का वर्षा र हिमपातको असरले तापक्रम थप घट्ने र चिसो बढ्ने सम्भावना छ ।

    images
    images
    images

    वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन अनुरोधसमेत गरिएको छ ।

    प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - ११:२४:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको