२३ मंसिर काठमाडौँ । झापामा वृद्धाको हत्या गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन् । झापा गाउँपालिका वडा न ६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीय फुलमाया मुर्मुको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले बताए ।
पक्राउ पर्नेमा झापा-७ बस्ने २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका-७ बस्ने २४ वर्षीय अशोक यादव छन्।मुर्मु शनिबार अपराह्न साढे ४ बने मृत फेला परेकी थिइन्। उनको शव फेला रेपछि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालय केनाइनबाट तालिम प्राप्त कुकुरसहितको टोली खटाइएको थियो।
मृत महिलाको टाउको र चिउडोमा धारिलो हतियार प्रयोग भएको देखिएको थियो।प्रारम्भिक अनुसन्धानबाट एउटा मोबाइल र एउटा साइकल लुटिएको खुलेको थियो। खोजी गर्नेक्रममा प्रहरीले दुई जनालाई फेला पारी पक्राउ गरेको हो।