२३ मंसिर काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र निकट संगठन गोरखा काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो अधिबेसन सम्पन्न भएको छ ।
हिजो शनिवार काठमाडौँ सामाखुशी स्काई बैंक्वयटमा भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा चन्दन थापामगरको नेतृत्वमा उपाध्यक्षहरूमा सिमाना कुमाल ,सुजन लामिछाने र प्रकास भट्ट सचिवमा चित्र भुजेल,सहसचिव राजन बाबु श्रेष्ठ र कोषाध्यक्षमा कपिल भट्ट निर्वाचित भएका छन्।
अध्यक्ष थापाको नेतृत्वमा रहेको समितिमा ३ सदस्यपछि थप्नेगरि ४५ सदस्यसहित नयाँ कार्यसमिति निर्वाचित गरिएको कार्यसमिति सहसचिव राजन बाबु श्रेष्ठले जानकारी दिनु भयो । यो अधिबेसनको कार्यसमिति पादाधिकारीहरु सर्वसहमत निर्वाचित गरेको हो।
हिजो सम्पन्न गोरखा काठमाडौँ सम्पर्क समन्वयको दोस्रो अधिबेसन नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका कार्यक्रममा विभिन्न तहमा रहेका वडा गाउपालिका जिल्ला तथा प्रदेश सम्पर्क समन्वय देखि केन्द्र सम्माका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।
