Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एनपिएलमा : जनकपुर बोल्ट्सको लुम्बिनी लायन्समाथि रोमाञ्चक जित निकाल्दै 

एनपिएलमा : जनकपुर बोल्ट्सको लुम्बिनी लायन्समाथि रोमाञ्चक जित निकाल्दै 

जोईन खबर

२३, मंसिर २०८१
  • 697
    SHARES
  • एनपिएलमा :  जनकपुर बोल्ट्सको लुम्बिनी लायन्समाथि रोमाञ्चक जित निकाल्दै 

    २३ मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्समाथि रोमाञ्चक जित निकालेको छ ।आइतवारको पहिलो खेलमा भने लुम्बिनीमाथि १ रनको रोमाञ्चक जित हात पारेको हो ।

    images

    जनकपुरले दिएको १ सय ३७ को मध्यम लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउँन सक्यो ।लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन,टम मुर्सले  ३१ रन जोडेर हर्ष ठाकरको बलमा आउट भए । आशुतोष घिरैया ८ रन,ओपनर अर्जुन साउद २० रन बनाउँदै आउट भए ।जनकपुरका लागि हर्ष ठाकरले ५ तथा किशार महतो, शेर मल्ल र ललित राजवंशीले समान १ विकेट लिए ।त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन तयार गरेको थियो ।

    images
    images
    images

    जनकपुरका कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे ।लाहिरु मिलन्थाले २४ रन बनाए ।शुभ कसांकरले २२ रन जोडे ।मिलन्था आउट भए लगत्तै दुई बलमा पछि अभिशेषले नै हर्ष ठाकरलाई आउट गरे । त्यसको दुई बल पछि नै अभिशेषले अर्का विदेशी खेलाडी जिमी निशमलाई आउट गराए ।

    विजेता जनकपुरले प्लेअफ सम्भावना बलियो बनेको छ ।लगातार ४ खेलमा हार बेहोरेरको लुम्बिनीले यस हारबाट प्लेअफ सम्भावना कठिन भएको छ । आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दैछन् ।

    प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १२:४३:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको