Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काभा भलिबलको दोस्रो दिनको खेलमा टिप टप हेल्प नेपाल  र गण्डकी प्रदेशबिच हुदै

काभा भलिबलको दोस्रो दिनको खेलमा टिप टप हेल्प नेपाल  र गण्डकी प्रदेशबिच हुदै

जोईन खबर

२३, मंसिर २०८१
  • 658
    SHARES
  • काभा भलिबलको दोस्रो दिनको खेलमा टिप टप हेल्प नेपाल  र गण्डकी प्रदेशबिच हुदै

    २३ मंसिर काठमाडौँ । काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको आज दोस्रो दिन  दुई खेल हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा आज टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबीचमा दिउँसो साढे २ बजे खेल सुरु हुने भएको छ ।

    images

    घरेलु दुई टोलीबीचको खेल रोमान्चक हुने अपेक्षा गरिएको छ। आठौं प्रधानमन्त्री कप एनभिए लिगको विजेताका रुपमा हेल्प नेपाल र उपविजेताका रुपमा गण्डकीले च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेका छन् ।हेल्प नेपाल लगातार दोस्रो जित हात पार्ने दाउमा रहनेछ।

    images
    images
    images

    शनिवार उदघाटन खेलमा हेल्प नेपालले दाबेदार भारतको क्यालिकट हिरोजलाई ३-२ को सेटमा हराएको थियो। गण्डकी भने पहिलो जितको खोजीमा हुनेछ। हिजो माल्दिभ्सको क्लब एचडिसी विरूद्ध राम्रो सुरूवात गरेपनि पछिल्ला ३ सेट लगातार गुमाउँदा गण्डकी पराजित हुन पुगेको थियो।  फाइनल मंसिर २९ गते हुनेछ।

    प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १२:५६:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको