२३ मंसिर काठमाडौँ । नेपाल समाजबादी पार्टीका प्रवास विभाग सचिव विनोद श्रेष्ठ क.क्रान्ति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रको निकट संगठन काठमाडौं(गोर्खा सम्पर्क समन्वय समितिको हिजो शनिवार भएको दोस्रो अधिवेशन कार्यक्रम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट अविर माला लगाएर प्रवेश गरेका हुन् ।
प्रवास विभाग सचिव श्रेष्ठ बाबुराम भट्टराई नेतृत्वको नेसपा परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पहिला जनयुद्व कालमा माओवादी नेताले पार्टी फुटाएर नयाँ शक्ति निर्माण गरेपछि श्रेष्ठ बाबुराम भट्टराईको वैकल्पिक शक्ति निर्माणको अभियानमा साथ दिन माओवादी परित्याग गरेका थिए । नयाँ संगठन विस्तार भए संगै अझ धेरै देश र जनताको लागि परिर्वत गर्नेको लागि डाक्टर बाबुराम भट्टराईलाई साथ दिना गएर तर आफुले सोचेको जस्तो बनाउना नसके पछि पुरानो पार्टीमा फर्किएको हुन् ।
श्रेष्ठले पार्टी प्रवेश गर्दै गर्दा भने अब पार्टीको लागि हिजो जुन भुमीका खेलेर काम गरेको थिए अबका दिनहरुमा माओवादी पार्टीमा लागेर काम गर्ने समेत बताउनु भयो । श्रेष्ठ मिडिया क्षेत्रमा समेत सक्रिय भई यो भन्दा पहिला रातपाटी अनलाइनमा प्रवासबाट रिपोर्टिङ गर्दै आएका थिए । हिजो भएको गोरखाको दोस्रो अधिवेशनलाई उद्वघाटन गर्दै माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनु भयो आज बिहान मा फुटे र छुटेरा गएको पुराना पार्टीसंग सहकार्य गरेर अघि बढने कुरा भई रहेको छ । केही दिन तो कुराको पनि टुङगो लाग्ने बताउनु भयो ।