Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धादिङको कृष्णभीर नजिकै बाट खसेको बुलेट ग्यासका चालक र सहचालक बेपत्त, खोजीको लागि गोताखोर र सशस्त्र प्रहरी टोली

धादिङको कृष्णभीर नजिकै बाट खसेको बुलेट ग्यासका चालक र सहचालक बेपत्त, खोजीको लागि गोताखोर र सशस्त्र प्रहरी टोली

जोईन खबर

२३, मंसिर २०८१
  • 676
    SHARES
  • धादिङको कृष्णभीर नजिकै बाट खसेको बुलेट ग्यासका चालक र सहचालक बेपत्त, खोजीको लागि गोताखोर र सशस्त्र प्रहरी टोली

    २३ मंसिर काठमाडौँ । पुथ्वी राजमार्ग सडक खण्डको धादिङ कृष्णभीरमा गयास बुलेट दुर्घटना हुदा चालक र सहचालक बेपत्त भएको छन् । आज बिहान  दुर्घटना भएको भारतीय ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोरसहितको सशस्त्र प्रहरी टोली परिचालन गरेको कृष्णभीरमा खोजी कार्यमा लागेका एक प्रहरीले बताए ।

    images

     सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङको कमाण्डमा गोताखोरसहित सुरक्षा फौज परिचालन भएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    images
    images
    images

    चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको एनएल(०२ एल(३९०७ नम्बरको भारतीय ग्यास बुलेट कृष्णभीरमा दुर्घटनामा परेको थियो । सडकबाट तल खसेको ग्यास बुलेटको अगाडिको केही भाग भीरमा अड्किएको छ भने पछाडिको भाग त्रिशूली नदीमा डुबेको अवस्थामा भेटीएको थियो । ग्यास बुलेट दुर्घटना क्षेत्र वरपरका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

    प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १४:३७:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको