२३ मंसिर काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले सत्तासझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।
नेपाल भ्रमणमा हमएको लु संग आइतबार दिउँसो साढे २ बजे सभापति देउवा र सहायक विदेशमन्त्री लूबिच भेट भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
सो क्रममा उनीहरूबिच दुई देशको आपसी हित र समसामयिक विषयमा छलफल भएको भानु देउवाले बताए ।
तीनदिने नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री लू आइतबार काठमाडौं आइपुगेका हुन् ।