२३ मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग९एनपिएल० मा चितवन राइनोजसंग सुदूरपश्चिम रोयल्स पराजित भएको छ । सुदूरपश्चिम रोयल्सले अहिले सम्मा भएको खेल मध्य यो पहिलो हार हो । कीर्तिपुरस्थित टियु मैदानमा आइतवारको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
चितवन राइनोजले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्स १८.२ ओभरमा १ सय ३१ रन मात्र बनाउदा ३३ रनले पराजित भएको हो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जोडन सफल भए ।सेफ जेबले १८ रन,विनोद भण्डारीले १०, दिलप्रित बाज्वाले १२ रन,नरेन साउदले १० रन जोडे ।
चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन, अमरसिंह राउटेलाले समान २ तथा रिजन ढकाल र रञ्जित कुमालले समान १ विकेट लिए ।सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो । सोमवार लिगमा कुनै खेल रहेको छैन ।