Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काभा मेन्स भलिबलमा आज दुई खेल हुँदै,पहिलो खेल माल्दिभ्स र भारत ,गण्डकी प्रदेश र इरान

काभा मेन्स भलिबलमा आज दुई खेल हुँदै,पहिलो खेल माल्दिभ्स र भारत ,गण्डकी प्रदेश र इरान

जोईन खबर

२४, मंसिर २०८१
  • 613
    SHARES
  • काभा मेन्स भलिबलमा आज दुई खेल हुँदै,पहिलो खेल माल्दिभ्स र भारत ,गण्डकी प्रदेश  र इरान

    २४ मंसिर काठमाडौँ । काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा  आज दुई खेल हुने भएको छ ।पहिलो खेलमा माल्दिभ्स र भारतबीच प्रतिस्पर्धा हुनेछ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेल दिउँसो साढे २ बजे हुनेछ।

    images

    आफ्नो पहिलो खेलमा गण्डकी प्रदेश भलिबल संघलाई ३–२ ले हराएको एचडीसी हिजो भएको दोस्रो खेलमा इरानको युवा टोलीसँग ३–२ को रोमाञ्चक सेटमा पराजित भएको थियो। क्यालीकट आफ्नो पहिलो खेलमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबसँग ५ सेटमा पराजित भएको थियो।आजै साँझ ५ बजे हुने दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल र इरानको युवा टोली प्रतिस्पर्धा गर्दैछन्।

    images
    images
    images

    लगातार २ खेल हारेको गण्डकी पहिलो जितको खोजीमा हुनेछ। यसअघि उ एचडिसीसँग ५ सेटमा पराजित भएको थियो भने हिजो हेल्प नेपाल स्पोर्ट्स क्लबसँग ३–१ को हार ब्यहोरेको थियो।हेल्प नेपाल आठौँ प्रधानमन्त्री कपको विजेता र गण्डकी प्रदेश उपविजेताको हैसियतले प्रतियोगितामा छनोट भएका हुन् ।लिग चरणबाट एक टिम बाहिरिनेछ । फाइनल खेल मंसिर २९ गते हुनेछ ।

    प्रकाशित मिति :मंसिर २४, २०८१ सोमवार - १०:११:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको