Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाजुरामा बर्षा सुरु भए संगै हिमपात हुन सुरु

बाजुरामा बर्षा सुरु भए संगै हिमपात हुन सुरु

जोईन खबर

२४, मंसिर २०८१
  • 511
    SHARES
  • बाजुरामा बर्षा सुरु भए संगै हिमपात हुन सुरु

    २४ मंसिर काठमाडौँ । बाजुरामा गए रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ ।हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात सुरु भएको वडा नंं ६ का स्थानीय जयप्रसाद पाण्डेले बताए ।

    images

    यसैगरी गौमुलको दहकोट, मानाकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा सेताम्मे भएका छन् ।यहाँ पोरखे लेक, कालाजग्रा, दह डाँडा, बडालेख, खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपातले छोपेको छ ।

    images
    images
    images

    सदरमुकाम मार्तडी आसपासमा पनि हिमपात भएको बडीमालिका–३ का स्थानीय कमल रावलले बताए ।वर्षासँगै हिमपात भएपछि कृषक खुसी भएका छन् । 

    प्रकाशित मिति :मंसिर २४, २०८१ सोमवार - १०:२२:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको