Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सहकारी रकम ठगीमा पक्राउ परेका जोशी र खनाललाई पर्सा  लगिदै

सहकारी रकम ठगीमा पक्राउ परेका जोशी र खनाललाई पर्सा  लगिदै

जोईन खबर

२४, मंसिर २०८१
  • 751
    SHARES
  • सहकारी रकम ठगीमा पक्राउ परेका जोशी र खनाललाई पर्सा  लगिदै

    २४ मंसिर काठमाडौँ । सहकारीको रकम हिनामिना  गरेको  आरोपमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ।

    images

    पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई पर्सा लगिएको हो।उनलाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै आज बिहान पर्सा पुर्‍याइएको प्रहरी स्रोतले बतायो। आज जिल्ला सरकारी वकिलको कार्यालयमा उनीहरुको बयान लिइने छ।

    images
    images
    images

    त्यसपछि पुनः पोखरा फर्काइने छ।त्यस्तै रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी छ। रवि र छवि दुवै सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।

    पर्सा लगिएको दुई जनाको बयान सकिए लगतय लामिछानेलाई पनि लगिने तयारी भएको छ । बयान कहीले सकिन्छ भनेर यकिन भएको छैन । उनीहरुलाई पोखरा ल्याए पछि मात्र लामिछानेलाई लाने तयारी गरिएको हो । 

    प्रकाशित मिति :मंसिर २४, २०८१ सोमवार - १०:३६:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको