२४ मंसिर काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो भन्दा आज प्रतितोला ४ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।