२४ मंसिर काठमाडौं । नेपाल प्रिमियर लिए एनपिएल खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका छन् । उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन् ।

उनीहरुले ३–४ घन्टा एभरेष्ट बेसक्याम्पमा विताएका थिए ।एभरेष्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् । यसअघि उनले एनपिएलका क्रममा पशुपति नाथ दर्शन गरेका थिए ।

शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन् ।कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए । भारत फर्किएका उनले नेपालमा एनपिएल खेल्दा राम्रो अनुभव भएको बताए । ‘राम्रो अनुभव भयो । नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही मौका पाँएको बताए ।