२४ मंसिर काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको अमानवीय व्यवहार रोक्न आग्रह गरेका छन्।
सामाजिक संजालमा लेख्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अदालतबाट दोषी ठहर नभएका र अत्यधिक जनमतद्वारा निर्वाचित लामिछानेमाथि सरकारले निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको उल्लेख गरेका छन्।
अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापतिमा रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।’ प्रचण्डले लेखेका छन्।
सहकारी ठगी आरोपमा अनुसन्धानका लागि पक्राउ परी कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा झण्डै २ महिनादेखि रहेका लामिछानेलाई प्रहरीले बयानका लागि विभिन्न जिल्ला पुर्याइरहेको छ।
