Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शहिदलखनमा दोस्रो धन्यपूर्णीमा कप २०८१  फुटबल हुने

शहिदलखनमा दोस्रो धन्यपूर्णीमा कप २०८१  फुटबल हुने

जोईन खबर

२४, मंसिर २०८१
  • 745
    SHARES
  • शहिदलखनमा दोस्रो धन्यपूर्णीमा कप २०८१  फुटबल हुने

    २४ मंसिर काठमाडौँ । गोरखा सहिदलखन घैरुङमा दोस्रो धन्यपूर्णीमा कप २०८१  फुटवल प्रतियोगिता हुने भएको छ । घैरुङको बाँसकोट खेल मैदानमा अन्नपूर्ण क्लबको आयोजनामा यही मंसिर २७ देखि ३० गतेसम्म फायभ ए साइड  फुटबल प्रतियोगिता हुने भएको हो ।

    images

    प्रतियोगितामा टिम दर्ता गर्नका लागि ४५ सय रुपैँया लाग्ने आयोजक अन्नपूर्ण क्लवले जनाएको छ । यस  प्रतियोगितामा विजेता टिमले नगद रु ४४ हजार ४४४ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र पाउने छन् । यसै खेलमा उपविजेता टोलीले नगद रु २२ हजार २२२ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष विश्व श्रेष्ठले बताए ।

    images
    images
    images

    प्रतियोगितामा उत्कृष्ट खेलाडी,सर्बाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदयमान खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था रहेको उनले जानकारी दिए । 

    प्रकाशित मिति :मंसिर २४, २०८१ सोमवार - २०:५४:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको