२४ मंसिर काठमाडौँ । सहकारी रकम ठगी गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने ५२ दिनदेखि हिरासतमा रहेका छन् । लामिछानेलाई प्रहरीले आज बेलुका पर्सा पुराएको हो ।
वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा बयान लिनका लागि उनलाई पर्सा लगिएको हो ।लामिछानेमाथि मंगलबारदेखि बयान सुरु जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी कुमोध ढुंगेलले बताए ।
उनलाई सरकारी वकिलको कार्यालयमा बयान लिनुपर्ने भएकाले आज आउदा आउदा ढिलो भयो अब भोलिबाट बिहान देखि बयान सुरु हुने छ । यही मुद्दमा प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पनि पर्सा लगिएको हो । सहकारीको पैसा गोर्खा मिडिया नेटवर्कमा लगिएको अनुसन्धानबाट भेटिएको छ ।
अनियमितता भएको रकम खर्च हुँदा रवि, छवि लगायत गोर्खा मिडिया नेटवर्कमा सञ्चालक थिए ।मुख्य आरोपी जिबी राई भने हालसम्म फरार छन् ।
वीरगञ्जको सानो पाइलामा बचतकर्ताको रकम अनियमितता भएको विषयमा पहिल्यै अदालतमा मुद्दा पुगिसकेको थियो । यद्यपि, फेरि अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले फाइल खोलेको थियो । यद्यपि, पर्सामा बयान भएपछि अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिएको प्रहरी अधिकृतहरु बताउँ छन् ।