Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सहकारी रकम ठगी गरेको आरोपमा पक्राउ गरेका सभापति लामिछानेको आज पर्सा अदालतमा बयान सुरु हुदै

सहकारी रकम ठगी गरेको आरोपमा पक्राउ गरेका सभापति लामिछानेको आज पर्सा अदालतमा बयान सुरु हुदै

जोईन खबर

२५, मंसिर २०८१
  • 613
    SHARES
  • सहकारी रकम ठगी गरेको आरोपमा पक्राउ गरेका सभापति लामिछानेको आज पर्सा अदालतमा बयान सुरु हुदै

    २५ मंसिर काठमाडौँ । सहकारीको रकम  ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पर्सामा  बयान सुरु भएको छ।  उनी संगै पक्राउ परेका दुई जनाको बयान सकिए संगै लामिछानेलाई सरकारी वकिलको कार्यालय पर्सामा औपचारिक बयान  आज बिहानबाट सुरु भएको हो । 

    images

    बयान सकिएपछि लामिछानेलाई फेरि कास्की पठाउने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो पोखराबाट हवाई मार्ग हुँदै काठमाडौं ल्याई सिमरा पुर्‍याइएको थियो।

    images
    images
    images

    त्यहाँबाट लामिछानेलाई गाडीमा वीरगन्ज लगिएको थियो। उनले वीरगन्जको सानो पाइला बचत सहकारीको झन्डै एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना आरोपमा पक्राउ पूर्जी जारी भए पछि विभिन्न जिल्ला हुदै हिजो पर्सा पुराएको हो । 

    प्रकाशित मिति :मंसिर २५, २०८१ मंगलवार - ११:२३:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको