Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाककी घलेको हत्याको आशंकामा ३ जना पक्राउ 

बारपाककी घलेको हत्याको आशंकामा ३ जना पक्राउ 

जोईन खबर

२५, मंसिर २०८१
  • 754
    SHARES
  • बारपाककी घलेको हत्याको आशंकामा ३ जना पक्राउ 

    २५ मंसिर काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न १ बारपाककी सुचिना घलेको हत्या आशंकामा प्रहरीले ३ जनालाई हिजो पक्राउ गरेको छ ।  प्रहरीले  घटना घटेको नवौँ दिनमा आइतबार राती  तीनजनालाई  प्रहरीले घरबाट पक्राउ गरेको हो । जिल्ला प्रहरीले  घटनाको खबर पाएदेखि  नै बारपाक गाउमै  बसेर अनुसन्धान गरि रहेको छ ।

    images

    उक्त घटनामा खटिएका डिएसपी इन्द्रप्रसाद सुवेदी नेतृत्वको  टोलीले उनलाई घरैबाट पक्राउ गरेको हो । पक्राउ गरिएका ३ जना लाई अहिले जिल्ला प्रहरी कार्यालयमा गोरखा लउाएको हो । तीन जना मध्य अर्काे एक जनालाई पनि पक्राउ गरि ती ३ नै जना भएको स्थानमा लागिएको छ । पक्राउ परेका सबै जना गोरखा प्रहरी हिरासतमै छन् । प्रहरीले अनुसन्धना गर्ने आधार अरु नभेटे पछि घटनामा भेटीएको सामाग्री टोपी र डोकोसंगको सम्बन्धको आधारमा अनुसन्धान गर्दा थप एकजना पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेका सबैको नाम गोप्य राखिएको छ । सघन अनुसन्धानपछि पुष्टि हुने आधारहरु भेटेपछि मात्र आरोपी सार्वजनिक गर्ने तयारी गरिएको छ । गत मंसीर १५ गतेदेखि हराइरहेकी १८ बर्षीया घलेको खोजतलासका क्रममा गत मंसीर १८ गते बारपाक सुलिकोट १ को मैखर्कमा खाल्डोभित्र शव भेटिएको थियो ।

    images
    images
    images

    पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ पु¥याइएको उनको शव आफन्तले बुझ्न नमानेपछि शव पनि टिचिङ अस्पतालमै राखिएको छ ।नौ दिनसम्म दोषी पक्राउ गर्न नसकेको भन्दै सुचिना घलेको माइती काशिगाउँका बासिन्दा र मानव अधिकारकर्मीहरुले  दोषी पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र समेत बसझाएको छ ।

    मृत्तका माइती पक्षले पत्र बुझाउदै भने यति गर्दा पनि प्रशासनले दोषी पत्ता लगाएन भने हामी आन्दोलन गर्ने समेत पछि नहटने बताउनु भयो । त्यसैको क्रममा प्रहरीले कडा भन्दा कडा रुपले घरघरमा पुगेर अनुसन्धान गर्दा सामाग्रीमा मेल खाएकाहरुलाई पक्राउ गरि जिल्ला ल्याएको हो । यतिले मात्र नभएर घटनाक तथ्य बारे फेरी गाउँ पनि अनुसन्धान गरि रहेको प्रहरीले बताए ।

    उनीहरुले  पक्राउ गरेकाहरुलाई हिरासतमा राखीएको छ । तर घटनामा अरु पनि संलग्न हुनसक्ने आशंका गर्दै उनीहरुले अनुसन्धानलाई निरन्तरता दिन माग गरेका छन् । अहिले पनि हिरासतमा रहेकाहरुलाई सोधबुझ गरे पनि प्रहरीको अरु टिमले भने तेही गाउँ थप अनुसन्धान गरि रहेको छ । हामी घटनामा यही मान्छेले गरेको हो थाहा नभए सम्म अनुसन्धान गर्ने र थप घटना बारे विवारण दिने समेत बताए । 

    प्रकाशित मिति :मंसिर २५, २०८१ मंगलवार - ११:५३:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको