२५ मंसिर काठमाडौँ । पोखराको पोखरा महानगरमा कारले ठक्करदिदा बिजुलीको पोल ढलेको छ। उक्त पोल पोखरा महानगरपालिका वडा न १२ माटेपानीमा गएराति निजी कारले ठक्कर दिँदा बिजुलीको पोल भाँचिएर सडक भरि भएको छ ।
यस पोल रातिको समय ढलेको भएर मानविय क्षती भने भएको छैन् । पोल बिच सडकमा खसेकाले सवारी साधन आवागमनमा अवरोध भएको छ।
विद्युत प्राधिकरणले भाँचिएको पोलको मर्मत गरिरहेको छ। दुर्घटना गर्ने कार र कारका चालकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान गरि रहेको छ ।