२५ मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको लुम्बिनीले एनपिएल खेले मध्यमा पहिलो खेलमा जितेको हो लुम्बिनीले आजको पहिलो खेलमा चितवन राइनोजलाई ३३ रन हराएको हो ।
१ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र जोडेको थियो । चितवनका ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए । कप्तान कुशल मल्लले २० रन, तन्भिर १ रनमा आउट भए ।
लुम्बिनीका लागि रोहितले ४ विकेट लिए भने रामोन सिमोण्डसले २ तथा साद विन जाफर र अभिशेष गौतमले समान १ विकेट लिए । जितको लागि लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक रन दिएको हो । चितवनले ५ खेलमा ३ जित र २ हारसहित तेस्रो स्थानमा छ । आज नै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्ससँग खेल्दैछ ।