२५ मंसिर काठमाडौँ । सिद्वार्थ बैंक नेपाल प्रिमियर लिगएनपिएल खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई जितको लागि सामान्य १०४ लक्ष्य दिएको छ ।
किर्तिपुर टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १६.३ ओभरमा १ सय ३ रन मात्र जोडेर अल आउट भएको छ ।
पोखराका दिनेश खरेलले २६ रन,पोखराका ओपनर दिनेशले ९ रन,आन्द्रेस गौसले २५ रन जोडेर आउट भएका थिए । प्रतियोगितामा एकै ईनिङमा ६ विकेट पूरा गर्ने बोसिस्टो पहिलो खेलाडी हुन् ।यस प्रतियोगितामा कुशल भुर्तेल १० रन बनाएर आउट भए ।
कर्णालीका लागि विलियम बोसिस्टोले ६ विकेट र सोमपाल कामी, युनिशविक्रम सिंह ठकुरी तथा विपिन शर्माले १/१ विकेट लिएका हुन् ।
पोखरा एभेन्जर्स कप्तान कुशल भुर्तेल, दिलिप नाथ, सागर ढकाल, दिनेश खरेल, माईकल लिस्क, नारायण जोशी, आकाश चन्द, विपिन खत्री, आन्द्रस गौस, रेमन रिफर, म्याट क्रिट्ली रहेका छन् ।
कर्णाली याक्सबाटसोमपाल कामी, बाबर हायात, चाडविक वाल्टन९विकेटकिपर०, विलियम बासिस्टो, जिशान मक्सुद, अर्जुन घर्ती, देव खनाल, विपिन शर्मा, गुलशन झा, युनिश विक्रम सिंह ठकुरी, नन्दन यादव