Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जनप्रेमी युवा क्लबद्वारा १६ औँ  एतिहासिक जराङ कप २०८१ हुने

जनप्रेमी युवा क्लबद्वारा १६ औँ  एतिहासिक जराङ कप २०८१ हुने

जोईन खबर

२५, मंसिर २०८१
  • 934
    SHARES
  • जनप्रेमी युवा क्लबद्वारा १६ औँ  एतिहासिक जराङ कप २०८१  हुने

    २५ मंसिर काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ८ जराङमा १६ औँ जराङ कप २०८१ हुने भएको छ । वडा न ८ पन्द्रुरुङको जराङमा रहेको जनप्रेमी युवा क्लबद्वारा आयोजित खुल्ला  सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता हरेक बर्ष सञ्चालन हुदैँ आएको जनप्रेमी युवा क्लब अध्यक्ष प्रज्वल देवकोटाले बताउनु भयो । प्रतियोगिता आउने माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने भएको छ ।

    images

    जराङ कप २०८१ को  फुटबल प्रतियोगिता जराङको बिकास अनुशासन गतिशिलता भन्ने मूल नाराका साथ युवाहरुमा रहेको  प्रतिभा र स्तरलाई वृद्धि गर्ने उच्चतम लक्ष्यका साथ सञ्चालन हुने १६ औँ  संस्करणको प्रतियोगिता बारपाक सुलिकोट गाउँपालिका वडा न ८ जराङको जनप्रेमी युवा क्लबको  खेल मैदानको तल्लो जराङमा हुने भएको जनप्रेमी युवा क्लबका अध्यक्ष देवकोटाले जानकारी दिए ।   ।

    images
    images
    images

    यस प्रतियोगितामा विजेता हुने टिमलाई नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित कप,मेडल,प्रमाणपत्र दिने छ भने, उपविजेता हुने  टिमलाई नगद रु ५५ हजार ५ सय ५५ रुपैयाँ सहित मेडल ,प्रमाणपत्र दिई सम्मान गरिने क्लब अध्यक्ष देवकोटाले जानकारी दिनु भयो ।यसै गरी प्रतियोगितामा सर्वउत्कृष्ट खेल्ने टिमलाई नगद रु ८,००० र ८,००० हजार विधमगत रुपमा दिने छ । उक्त प्रतियोगिताको खेलमा उत्कृष्ट खेलाडीलाई नगद रु २,५०० र कप,उत्कृष्ट गोलकीपर लाई नगद रु २,५००र कप, उत्कृष्ट डिफेन्सलाई नगद रु २,५०० र कप, सर्बाधिक गोलकर्तालाई नगद रु २,५०० र कप दिई सम्मानित गरीने क्लबले जनाएको छ ।

    अध्यक्ष देवकोटाका अनुसार प्रतियोगितामा म्यान अफ द म्याचलाई पनि मेडल दिएर सम्मान गरिने छ ।प्रतियोगितामा  सहभागी हुनका लागि टिमले प्रवेश शुल्क रु ८ हजार र १५ सय कार्ड शुल्कको लागि अग्रिम तिर्न पर्ने हुन्छ । भने टिम दर्ता गर्नका लागि फोन मार्फत बाट पनि सम्पर्क गर्न मिल्ने क्लबका अध्यक्ष देवकोटाले जानकारीदिए। यस खेलमा टिमदर्ता गर्ने९८६६४४१२३१,९८६९७७६२९६,९८४४४८७९६८,९८६०५५७८७६ मा फोन गर्नु पर्ने छ । टिम दर्ता गर्दा लिएको रु १५०० सय खेलमा कुनै पनि कार्ड प्राप्त नभएमा उक्त रकम  फिर्ता गरिने छ ।

    यस खेलमा सहभागि हुनको लागि पुष २८ गते बेलुका सम्म टिम दर्ता गरि सक्नु पर्ने छ । प्रतियोगितामा सहभागी भएका टिमको टाई  सिट पुष २९ गते सार्वजानि गरिने र माघ १ गते उद्घाटनसंगै खेल सुरु  गरिने छ । खेलमा खेलाडी संख्या १० जना र २ जना अफिसियलको नामावाली अनिर्वाय हुनु पर्नेछ । प्रतियोगिता फिफा तथा एनफाको नियम अनुसार सञ्चालन हुने र खेल अबधिभर जुनसुकै खेलाडीहरुलाई चोट लागेमा वा दुर्घटना भएको  खण्डमा खेलाडीलाई आयोजकले प्राथमिक उपचार मात्र गरिने साथै प्रतियोगिताको खेलमा भएको विवाद आए वा झडप भएमा आयोजकको समितिले गरेको निर्णय नै अन्तिम  निर्णय हुने क्लबका अध्यक्ष देवकोटाले बताए । माघ १ गतेदेखि सुरु हुने  प्रतियोगिता उद्घाटनको दिन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे  आउने प्रवल सम्भावना रहेको जनप्रेमी युवा क्लबका अध्यक्ष प्रज्वल देवकोटाले जानकारी दिए । 

    प्रकाशित मिति :मंसिर २५, २०८१ मंगलवार - १५:२१:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको