Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारले आफनो गल्ति सच्याएन भने  सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने : पूर्वप्रधानमन्त्री प्रचण्ड

सरकारले आफनो गल्ति सच्याएन भने  सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने : पूर्वप्रधानमन्त्री प्रचण्ड

जोईन खबर

२५, मंसिर २०८१
  • 688
    SHARES
  • सरकारले आफनो गल्ति सच्याएन भने  सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने : पूर्वप्रधानमन्त्री प्रचण्ड

    २५ मंसिर काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अब पनि आफनो गलत सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

    images

    आज चितवनको भरतपुरमा आयोजित  खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई रोक्ने होइन भने संसद्को विशेष अधिवेशन बोलाउने र लाखौं जनता सडकमा ल्याएर सदन  र सडकबाट आन्दोलन अघि बढाउने बताए ।

    images
    images
    images

    राम्रो बन्दै गरेको विद्युत् प्राधिकरण, मेरिटोक्रेसीमार्फत सुधारको बाटोमा अघि बढेको त्रिभुवन विश्वविद्यालय आदिमा प्रहार गरेर सरकारले अराजकता निम्त्याउन खोजेको उल्लेख  गरेका छन् ।अध्यक्ष प्रचण्डले देशभरका हजारौँ सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस र एमालेकै नेताहरूको बाहुल्यता भए पनि उनीहरूलाई बचाउन केन्द्रित रहेको बताए ।

    आफ्नाहरूलाई जोगाउँदै सारा ठगी नै रवि लामिछानेले गरेको झैँ गरी प्रतिशोधपूर्ण व्यवहार गरिएको भने भनाइ व्यक्त गरे ।  उनीहरूलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो , जस्तो आरोप लागेको छ । 

    प्रकाशित मिति :मंसिर २५, २०८१ मंगलवार - १६:१८:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको