२५ मंसिर काठमाडौँ । सिद्वार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पोखरा एभेन्जर्सविरुद्ध कर्णाली याक्सले जित निकालेको छ । कीर्तिपुर टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १६.३ ओभरमा १ सय ३ रन मात्र बनाएर अल आउट भएको थियो । यसै रनलाई आधार बनाए उक्त रनलाई कर्णाली याक्सले १५ ओभरमा ३ विकेट गुमाएर १०६ रन पूराएको हो ।
कर्णालीका लागि गुलशन झाले ४९ रन,चाडविक वाल्टनले ४२ रन बनाए । कर्णालीले पहिलो विकेटका रुपमा देव खनाललाई गुमायो । पोखराका लागि विपिन , सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान १ विकेट लिए ।कर्णालीका लागि विलियम बोसिस्टोले ४ ओभरमा २८ रन खर्चिएर ६ विकेट लिए ।
सोमपाल कामी, युनिश तथा विपिन शर्माले समान १ विकेट लिए । जितसँगै कर्णालीको ५ खेलमा ६ अंक भएको छ । पराजित पोखराको ४ खेलबाट २ अंक छ ।आजै भएको पहिलो खेलमा चितवन राइनोजलाई ३३ रनले हराउँदै लुम्बिनीले पहिलो जित निकालेको थियो ।