Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक घटना : जबरजस्ती गर्ने क्रममा घलेले गुहार मागेपछी हत्या गरियो, आज अनुसन्धानबाट हत्यारा सार्वजानिक गर्दै

बारपाक घटना : जबरजस्ती गर्ने क्रममा घलेले गुहार मागेपछी हत्या गरियो, आज अनुसन्धानबाट हत्यारा सार्वजानिक गर्दै

जोईन खबर

२५, मंसिर २०८१
  • 1.1K
    SHARES
  • बारपाक घटना : जबरजस्ती गर्ने क्रममा घलेले गुहार मागेपछी हत्या गरियो, आज अनुसन्धानबाट हत्यारा सार्वजानिक गर्दै

    २५ मंसिर काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपपालिका वडा न १  बारपाककी सुचिना घलेको हत्या आरोपमा स्थानिय मनशम्जेर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । घटना पछि एकएक गरेर खोजतलास गर्ने क्रममा सामाग्री आधारमा  पक्राउ परेका गुरुङले शारिरिक सम्बन्ध राख्ने प्रयास गर्दा महिलाले ईन्कार गरेपछी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक बाशुदेव पाठकले जानकारी दिए ।

    images

    सूचिना घलेको गाउँ सोही वडाका ४२ बर्षीय गुरुङले हत्या  गर्नु अघि महिला संग शारिरीक सम्र्पक गर्न भनेको र घलेले हुदै भने पछी जबरजस्ती गर्ने क्रममा महिलाले  आफुलाई बचाउन गुहार मागेपछी हत्या गरिएको अनुसन्धानमा खुलेको छ । हत्या गर्ने गुरुङले महिलाको मुखमा गोबर मिसिएको माटो र घाँस मुखमा हालेर हत्या गरेका पनि अनुन्धानबाट देखिएको प्रहरी पाठकले बताए ।सुचिनाको शव हत्या भएको स्थानभन्दा ५० मिटर माथी रुखको जरामा १ फिट जती गहिरो खाडल खनेर ढोकोमा राखेर स्याउला र माटोले पुरेको अवस्थामा फेला परेको थियो ।

    images
    images
    images

    उनी मंसिर १५ गते घरबाट खाना खाएर जंगलमा घाँस काटन गएकी सुचिना सोहीदिन देखी सम्र्पक बिहीन भएकी थिइन । उनलाई प्रहरी र स्थानिय तथा उनका आफन्तले खोजतलास  गर्दा मंसिर १८ गते दिउसो १ः३० बजे मैखर्क जंगलमा हत्या गरी पुरेर राखेको अवस्थामा फेला पारीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।उनका अनुसार घटना स्थलमा हत्या आरोपिले घटना पछी छाडेको उनीको टोपी र कम्ब्याड ड्रेसको क्यापका आधारमा पहिचान गरी नियन्त्रणमा लिइएको थियो ।घटनामा अन्य ब्यत्तीहरुको पनि संलग्नता भए नभएको बारेमा अनुसन्धान जारी रहेको पनि सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

    बारपाककै एक निजी स्कुलमा शिक्षक समेत रहेका गुरुङले घटना पछी २ पटकसम्म आत्माहत्या गर्ने प्रयास गरेको र तेस्रो पटक आत्माहत्या गनुपूर्व उनले हातैले लेखेको पत्र आफूबाट कुनै निर्दोष नारीको ज्यान गयो’ भन्ने व्यहोरा उक्त पत्रमा लेखिएको प्रहरीले जनाएको छ । धार्चे गाउँपालिका–६ काशिगाउँकी सूचिनाको बारपाकका धनबहादुर गुरुङसँग गत वैशाखमा मात्र विवाह भएको थियो । त्यसपश्चात काठमाडौं बस्दै आएका उनीहरू तीन महिना अघिमात्रै गाउँ फर्किएका थिए ।मृत्तक सुचिनाको राजधानीको टिचिङ अस्पतालमा भएको फरेन्सिक ल्याबको रिर्पोट अनुसार बलात्कार भएको पुष्टी नभएको पनि प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

    प्रकाशित मिति :मंसिर २५, २०८१ मंगलवार - २२:३६:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको