२६ मंसिर काठमाडौँ । सिद्वार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल०मा जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्सले जितको लागि १२४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२३ रन बनाएको छ ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन,सेफ जैफले २१, ब्रेन्डन म्याकमुलनले ११ रन जोडे । जनकपुरका लागि किशोर महतोले सर्वाधिक चार विकेट लिए । यस्तै, शेर मल्ल र अरनिको मल्लले दुई–दुई तथा हर्ष थाकरले एक–एक विकेट लिए ।
अपराजित जनकपुर सुदूरपश्चिममाथि जित निकाल्दै प्लेअफ यात्रा पक्का गर्न चाहन्छ भने एक खेलमा हार खाएर दोस्रो स्थानमा रहेको सुदूरपश्चिम जनकपुरमाथि जित निकाल्न चाहन्छ ।सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा एनपीएलमा अब्बल देखिएको छ।एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम ६ अंकका साथ दोस्रो स्थानमा छ।