२६ मंसिर काठमाडौँ । आज राजधानी काठमाण्डौ उपत्यकामा तापक्रम घटेको छ । आज बिहान यसवर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम तीन दशमलव नौ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस मापन भएको थियो ।
सुर्खेतको विरेन्द्रनगरको न्यूनतम तापक्रम तीन दशमलव सात र जुम्लाको माइनस छ दशमलव पाँच डिग्री सेल्सियम मापन भएको महाशाखाले जनाएको छ ।