२६ मंसिर काठमाडौँ । विभिन्न सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पसौको बयान पछि काठमाडौं हुदै पोखरा लाने तयारी भएको छ ।
उनलाई पोरखा प्रहरीले पक्राउ गरे पनि बयानको लागि विभिन्न जिल्लाको अदालतमा बयान गरिएको हो । त्यसै क्रममा हिजो पर्साको बयान पछि आज पोखरा लाने भएको प्हरीले जनाए ।
लामिछानेले वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा बयान मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको हो ।
उनलाई आजै बुद्ध एयरबाट काठमडौं ल्याएर पोखरा लगिनेछ ।वीरगञ्जको बयान सकिएसँगै लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।