Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित

सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित

जोईन खबर

२६, मंसिर २०८१
  • 721
    SHARES
  • सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित

    २६ मंसिर काठमाडौँ । सिद्वार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयाल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ । किर्तिपुरमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनाएको थियो।

    images

    सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन,सैफ अली जैबले २१ रन र इसान पाण्डेले १७ रन बनाएका थिए। जनकपुरका किशोर महतोले सुदूरपश्चिमको सर्वाधिक ४ विकेट लिएका थिए। त्यस्तै, शेर मल्ल र अरनिको यादवले २ – २ विकेट लिएका थिए।१२४ रनको लक्ष्य पछ्याको जनकपुर बोल्ट्लाई सुदूरपश्चिमले ५१ रनमा अलाउट गरेको हो ।

    images
    images
    images

    जनकपुरले १२.१ ओभरमा १० विकेट गुमाएर ५१ रन मात्र बनाएको थियो। सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरी, इशान पाण्डे र हर्मीत सिंंहले २–२ विकेट लिएका थिए। त्यसतै, नरेन साउद, स्कट कुगेलेइन र सैफ अली जैबले १–१ विकेट लिएका थिए।

    प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - १२:५३:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको